ड्राइभर र पिउनलाई करोडपति बनाउने कम्पनीका लगानीकर्ताले एक दिनमा गुमाए १ खर्ब



आईटी क्षेत्रको दिग्गज कम्पनी इन्फोसिसका सेयरको मूल्य मंगलबार १७ प्रतिशतले घट्यो । विगत ६ वर्षयता एकदिनमा सबैभन्दा धेरै सेयरको मूल्य घटेको यो पहिलो पटक थियो । जसका कारण लगानीकर्ताले ५३ हजार करोड भारु गुमाएका छन् ।

मंगलरबार बजार बन्द हुने समयसम्म इन्फोसिसको बजार पूँजीकरण २.७४ लाख करोड भारु थियो, जुन पहिल्लो सत्रमा ३.२७ लाख करोड भारु थियो । मार्केट क्यापिटलाइजेसनको अर्थ सेयर बजारमा कम्पनीको कारोबारको मूल्य हो ।

कम्पनीका व्यवस्थापकलाई गम्भीर आरोप लागेको अर्को दिन सेयर मूल्यमा भारी कमी आएको हो ।

भारतको दोस्रो ठूलो आईटी सर्भिस दिने कम्पनीका अनुसार उनीहरुलाई गुमनाम ‘वेलविसर’बाट कम्पनीले गलत तरिकाबाट काम गरिरहेको उजुरी प्राप्त भएको थियो ।

वेलविसरले सिधै इन्फोसिसका सीईओ सलिल पारेख र सीएफओ निलन्जन रायलाई आरोप लगाएका थिए । उनीहरुले कम्पनीको आय तथा नाफा बढाएर देखाएको र खातामा हेरफेरको कोसिस गरेको उजुरीमा उल्लेख गरेका थिए ।

बोर्डलाई सम्बोधन गरेर लेखिएको पत्रमा उक्त घटनाबारे जाँच गर्न र कारबाही गर्नका लागि माग गरिएको थियो । आरोप प्रमाणित गर्नका लागि उनीहरुले इमेलमार्फत कागजपत्र तथा भ्वाइस रेकर्डिङ समेत पठाएका थिए । त्यसपछि इन्फोसिस कम्पनीका अध्यक्ष नन्दन निलेकणीले यसबारेमा जाँच गर्ने बताएका थिए ।

इन्फोसिसले उजुरीमा कम्पनीले वेलविसर नीतिका आधारमा हेर्ने बताइसकेको छ ।

नन्दन निलेकणीले कम्पनीको अडिट कमिटीको आरोपको स्वतन्त्र जाँच गर्ने बताएका थिए । उनले एक बोर्ड सदस्यविरुद्ध ३० सेप्टेम्बरमा उजुरी प्राप्त गरेको बताएका थिए । जसमा २० सेप्टेम्बरको तारिख उल्लेख गरिएको थियो ।

उजुरीको शीर्षक थियो– ‘डिस्टर्बिङ अनइथिकल प्राक्टिस’ र अर्को एक पत्रमा जसमा मिति उल्लेख गरिएको थिएन, ‘वेल विसर कम्प्लेन’ उल्लेख गरिएको थियो ।

इन्फोसिसका अध्यक्षका अनुसार एक उजुरीमा सीईओको अमेरिका तथा मुम्बईको यात्रासँग जोडिएको आरोप छ ।

स्टक एक्सचेञ्जमा दिइएको बयानमा निलेकमणीले दुबै उजुरीमा १० अक्टुबरलाई अडिट कमिटीलाई पठाइएको थियो र त्यसको एक दिनपछि बोर्डका गैर कार्यकारी सदस्यलाई पनि पठाइएको बताएका थिए ।

बिवादमा आयो ड्राइभर र पिउनलाई करोडपति बनाउने कम्पनी

उनका अनुसार ११ अक्टुबरमा बोर्ड बैठकपछि अडिट कमिटीले सुरुवात जाँचका लागि स्वतन्त्र आन्तरिक लेखा परीक्षकसँ कुुराकानी सुरु गरेको थियो । अडिट कमिटीले अब एक ल फार्म, सार्दुल अमरन्द मंगलदास एन्ड कम्पनीलाई जाँचको जिम्मेवारी दिइएको थियो ।

बोर्डले उक्त कमिटीको जाँचको नतिजाका आधारमा कदम उठाउने बताएको थियो ।

निलेकमणीले सीईओ र सीएफओको यस मामलामा अगल गरिएको समेत जानकारी दिएका थिए ताकी स्वतन्त्र जाँचको सुनिश्चितता होस ।

पछिल्लो २ वर्षमा वेलविसरबाट कैयन उजुरीका कारण इन्फोसिस विवादमा आएको थियो । जसका कारण विशाल सिक्काको सीईओ पद छाड्न परेको थियो ।

उजुरी गर्ने गुमनाम कर्मचारी भएको बताइएको थियो ।

जसले पत्रमा अडिटर्स तथा कम्पनीका बोर्डले महत्वपूर्ण जानकारी लुकाएको, कर्मचारीलाई अडिटर्सलाई महत्वपूर्ण डिलका बारेमा जानकारी नदिन, वेरिन, इन्टेल तथा जापानको जेवी जस्ता ठूला कम्पनीसँग भएका डिल भएको थियो जसमा रेभिन्यूको मामलामा अकाउन्टिङ स्ट्यानडर्डका अनुसार थिएन र सीईओले रिभ्यू तथा स्वीकृतिलाई नजरअन्दाज गरेको र सेल्स टिमलाई स्वीकृतिका लागि निर्देशन नदिन भनिएको उजुरीमा उल्लेख गरिएको थियो ।

पत्रमा पछिल्लो त्रैमासमा कम्पनीको लाभ राम्रो देखाउनका लागि भिसा कस्टलाई पूर्ण रुपमा नजोड्न भनिएको उल्लेख छ । हामीले यसको भ्वाइस रेकर्ड समेत गरेका छौं । आर्थिक वर्ष २०१९÷२० को त्रैमासको नतिजाका अवधिमा यसबारेमा दबाब सिर्जना गरेको र ५ करोड अमेरिकी डलरको अपफ्रन्ट पेमेन्ट फिर्ता गरिएको समेत उल्लेख नगर्न भनिएको थियो । यस्तो हुँदा कम्पनीमा लाभ देखिने तथा सेयरको मूल्यमा असर पर्नेछ ।

समाचार अनुसार यस महिनाको सुरुवातमा इन्फोसिसले विश्लेषकका साथमा एउटा कन्फरेन्स कल गरेको थियो । जसमा एक विश्लेषकले अनविल्ड रेभन्यूमा आएको असामान्य उछाललाई लिएर प्रश्न उठाउँदै अकाउन्टिङ नीतिमा केही परिवर्तन भएको बारे प्रश्न सोधेका थिए ।

अनविल्ड रेभन्यू राजस्व हो । जसमा ग्राहकलाई विल दिनुभन्दा अगाडि जोडिन्छ । यसप्रकार राजस्व २०१८÷१९ मा १०–११ प्रतिशत थियो, जुन यस आर्थिक वर्षको पहिलो ६ महिनामा बढेर २४÷२५ प्रतिशत पुगेको थियो ।

तर कम्पनीले उक्त नीतिमा कुनै परिवर्तन नगरिएको जनाएको थियो ।

इन्फोसिसले यस वर्ष १५ प्रतिशतभन्दा बढी मार्केट भ्यालू हासिल गरेको थियो ।

तर एनडीटिभीसँग कुरा गर्दै विश्लेषक अनुराग राणाले यदी उक्त आरोप प्रमाणित भएमा यसले कम्पनीको ब्राण्ड भ्यालूमा ठूलो घाटा हुने बताएका थिए । किनभने ग्राहक नयाँ प्रडक्टका लागि अन्य वितरणतर्फ लाग्ने उनको आँकलन छ ।

यो आरोप यस्तो समयमा लागेको छ, जब सफ्टवेयर बनाउने कम्पनी तथा विश्वका सैभन्दा ठूला बेंक तथा रिटेलरलाई सर्भिस दिने इन्फोसिस तथा टाटा कन्सलटेन्सी सर्भिसेस लिमिटेडहरु कारोबारका खराब अवस्थाबाट गुज्रिरहेका छन् ।

पारस्परिक सर्भिस तथा कन्ट्रयाक ठप्प भएको छ । भने विचलित ग्राहक यस्ता कम्पनीमा पैसा लगाउनबाट बचिरहेका छन् । यस महिना इन्फोसिसका अनुसार यस वर्षको त्रैमासमा २ प्रतिशत आम्दानी गरेको छ ।

यही चुनौतीका सामना गर्नका लागि यतिबेला कम्पनीका सीईओ सलिल पारेख प्रयास गरिरहेका छन् । यसका लागि उनले डिजिटल सर्भिसमा काम बढाएका छन भने कोर अफरिङमा फेरि तीव्रता ल्याने, कर्मचारीको क्षमता बढाउने र अमेरिकाको बजारमा स्थानीयलाई भर्ती गर्ने काममा जोड दिएका छन् ।

अमेरिकामा एच–१ बी भिसामा कडाईका कारण बाहिरबाट श्रमिक मगाउन गाह्रो भएको छ । ऐजेन्सी


क्लिकमान्डु