रुग्ण जलविद्युत् आयोजनाको समस्या समाधान गर्न समिति गठन



काठमाडौं । ऊर्जा मन्त्रालयले निजी क्षेत्रबाट संचालित रुग्ण जलविद्युत् आयोजनाको अध्ययन गर्नको लागि सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा १० सदस्य समिति गठन गरेको छ ।

बुधबार मन्त्रालयको सचिवस्तरिय निर्णयबाट रुग्ण बनेका जलविद्युत् आयोजनाको अध्ययनको लागि समिति गठन भएको हो ।

निजी क्षेत्रका ऊर्जा उत्पादकले जलविद्युत् आयोजनाहरु रुग्ण बन्न थालेको भन्दै सरकारलाई समस्या समाधानको लागि आग्रह गरेका थिए ।
समितिमा सरकारी,निजी क्षेत्रका प्रतिनिधिहरु सदस्य रहेका छन् । समितिको पहिलो बैठक शुक्रबार बस्ने छ ।


क्लिकमान्डु