यस्ता छन् भारतमा ३ लाखमै पाइने कार



काठमाडौं । कार मानिसको जीवनका आवश्यकता वा सोखका विषय हुन् । कतिपयले कार आवश्यक परेर किन्छन् त कतिपयको यो सोखको विषय रहन्छ ।

सोखका लागि गाडी किन्नेहरुका लागि महङगा गाडीहरु प्रशस्त बजारमा पाइन्छन् । तर कतिपय अवस्थामा मानिसले रहर पुरा गर्न वा आवश्यकता परेर कार किन्नुपर्ने हुन्छ । जसका लागि थोरै बजेटमा पाइने कार आवश्यक हुन्छ ।

भारतीय बजारमा एकदमै महंगादेखि सस्ता कारहरु उपलब्ध छन् । भारतमा पाइने गाडीहरुमध्ये ३ लाख भारतीय रुपैंयाभित्रमा पाइने कार कुन-कुन छन् त ?

१. बजाजको क्युट

भारतमा ३ लाख भारु भित्रमा पाइने कारहरुमध्येको एक हो बजाज कम्पनीको क्युट कार । पेट्रोल भेरियन्टमा उपलब्ध यो गाडी ४ सिट क्षमताको रहेको छ । २१७ सिसि डिस्प्लेस्मेन्ट रहेको यो कारमा ५ वटा गियर रहेका छन् । ३५ किलोमिटर प्रतिलिटर माइलेज दिने यो कारमा एउटा सिलिण्डर रहेको छ भने अधिकतम गति ७० रहने कम्पनीको दाबी छ । यसको न्यूनतम मूल्य भारतमा २ लाख ७७ पर्दछ ।

२. टाटा नानो

त्यसैगरी भारतमा ३ लाख भारु भित्रमा पाइने अर्को कार हो टाटाको नानो कार । ६२४ सीसी क्षमता रहेको यो कारमा दुईवटा सिलिण्डर रहेका छन् अधिकतम गति १०५ रहेको छ । ४ वटा गियर सिस्टम रहेको यो कारमा १५ लिटर तेल क्षमता रहेको छ । भारतमा यसको न्यूनतम मूल्य २ लाख ४७ हजार रहेको छ ।

३. ड्याटसन रेडी गो

भारतमा ३ लाख भारु भित्रमा पाइने कारके सूचीमा पर्ने अर्को गाडी हो ड्याटसनको रेडि गो । ७९९ सीसी क्षमताको यो गाडी ३ वटा सिलिण्डर र ५ वटा गियर सिस्टम रहेको छ । २८ लिटर तेल क्षमता रहेको यो कारले प्रतिलिटर २२.७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ । भारतमा यसको न्यूनतम मूल्य २ लाख ९८ हजार रहेको छ ।

यी माथि उल्लेखित कारहरुमा केही अन्य विशेषताहरु थप गरेमा मूल्य भने केही फरक पर्नसक्छ ।


पुष्प दुलाल