२०२१ का लागि आज अमेरिका जाने डिभी खुल्दै, पासपोर्ट अनिवार्य



काठमाडौं । अमेरिका जान चाहनेका लागि आज राति डाइभर्सिटी भिसा अर्थात डिभी कार्यक्रम खुल्ने भएको छ ।

नेपालस्थित अमेरिकी राजदूताबासले दिएको जानकारी अनुसार बुधबार राति ९ः४५ बजेबाट डिभी खुल्दैछ ।

डिभी फारम भर्न निशुल्क भएकाले भिसा कन्सलटेन्सीमा गएर पैसा खेर नफाल्न राजदूताबासले आग्रह गरेको छ ।

सन् २०२१ का लागि खुलाइएको डिभी कार्यक्रमका लागि एक जनाले एउटा मात्रै फारम भर्न पाउनेछ । २ वटा फारभ भर्नेको आवेदन रद्द हुनेछ । जसका लागि शुल्क पनि लाग्दैन् ।

परिवार छ भने श्रीमान, श्रीमती तथा सन्तानका बारेमा पनि अनिवार्य उल्लेख गर्नुपर्नेछ । फारम भर्दा पासपोर्ट नम्बर समेत उल्लेख गर्नुपर्नेछ ।


क्लिकमान्डु