५ लाख घुससहित इञ्जिनियर पक्राउ

क्लिकमान्डु २०७६ असोज १५ गते १४:४० मा प्रकाशित


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुससहित लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि टोखाका ओभरसियर प्रशान्त चौधरीलाई पक्राउ गरेको छ ।

टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनका लागि भनी सेवाग्राहीसँग इन्जिनियर चौधरीले घुस मागेका थिए ।

अख्तियारको टोलीले चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स