इपानले घोषणा गर्यो सरकार विरुद्ध आन्दोलन, मन्त्रीलाई चाबी बुझाउने चेतावनी



काठमाडौ । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)ले सरकारको विरुद्धमा आन्दोलन गर्ने भएका छन् । आफ्ना माग पूरा नभए आन्दोलनका साथै उर्जामन्त्री समक्ष आयोजनाका चाबी बुझाउने चेतावनी चेतावनी दिएका छन् ।

निजि क्षेत्रबाट संचालित जलविद्युत आयोजनाहरुको समस्या समाधानका लागि सरकार पक्षबाट कुनै पहल नभएपछि उनीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै यस्तो चेतावनी दिएका हुन् ।
समस्या समाधानका लागि ईपानले ७ बुँदे आन्दोलनका कार्यक्रम तय गरेको छ ।

जसमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ समक्ष समस्या र समाधानका विषयमा छलफल गर्ने, नेकपाका अध्यक्ष र प्रमुख प्रतिपक्षीदmका सभापति समस्या समस्या र समाधानका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । यस्तै अर्थ मन्त्री, उर्जा मन्त्री, राष्ट्र बैंकका गर्भनर, विद्युत नियमन आयोगका अध्यक्ष, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, विद्युत विकास विभागका महानिर्देशकसँग छलफल गर्ने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

यस्तै विद्युत नियमन आयोग, विद्युत विकास विभाग र प्राधिकरणमा १ घन्टा धर्ना दिने, आयोजना स्थलमा मागको जानकारीसहितको कालो ब्यानर राख्ने र माग पुरा नभएसम्म कालोपट्टी बाँधेर काम गर्ने तथा माग पुरा नभएमा उर्जा मन्त्री समक्ष कात्तिक १ गते रुग्ण २५ आयोजनाको चाबी बुझाउने कार्यक्रम रहेको छ ।

इपानले विशेषगरी उर्जा क्षेत्रमा विद्युत खरिद दर, ब्याजदर, प्रशारण आउटेज, राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकाश दशक सम्बन्धि अवधारणा पत्र, प्रसारण लाईन र ढिलो उत्पादन हर्जना जस्ता समस्या उर्जा उत्पादकहरुले व्यहोरि रहेको जनाएका छन् ।

 

 


क्लिकमान्डु