नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौतामा हस्ताक्षर




काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) क्यानडास्थित मन्ट्रियलस्थित प्रधान कार्यालयमा सोमबार राति उक्त सम्झौता भएको हो ।

सम्झौतामा नेपालका लागि पर्यटन मन्त्रालयका सह-सचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलका तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवम क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशन जीम होल्फरले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब नेपालले अष्ट्रेलियामा सातामा ७ वटा उडान गर्न पाउनेछ । जसमा सिड्नी, मेलवर्न, ब्रिसबेन र पर्थमा उडान गर्न पाउनेछ ।

त्यस्तै, अष्ट्रेलियाले काठमाडौंमा ७ उडान र बाँकी २८ वटा उडानहरु भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल र नीजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न पाउनेछन् ।

सम्झौतामा जुनसुकै वायूयानबाट उडान गर्न सकिने उल्लेख गरिएको छ । नेपालले हवाई सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो ।

 


क्लिकमान्डु