सभामुख कृष्णबहादुर महरालाई बलत्कारको आरोप, महरा भन्छन्- मलाई फसाउने सुनियोजित षडयन्त्र




काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई बलत्कारको आरोप लागेको छ । एक कर्मचारी महिलालाई तीनकुनेस्थित डेरामा पुगेर बलत्कार गरेको समाचार हाम्रा कुरा डटकमले प्रकाशित गरेको छ ।

महरा उक्त महिला कर्मचारीको डेरामा मदिरा पिएर पुगेको र डेरामा पुगेपछि पनि रक्सी र स्न्याक्समा काजु लिएर गएको र रक्सीको बोतल आधा रित्तिएपछि दुव्र्यवहार गरेको पीडित महिलाले भनेको समाचारमा उल्लेख छ ।

यसबारेमा सभामुख महराले भने आफूमाथि लागेको आरोप निराधानर भएको बताएको अर्को अनलाइन समाचार पोर्टल अनलाइन खबरमा समाचार प्रकाशित छ ।

कर्मचारीले समायोजनमा पेपछि आफूमाथि रीस पोखेको समामुख महराले स्पष्ट पारेको समाचारमा उल्लेख छ ।

हाम्रा कुरा डटकमको समाचार लिंकका लागि यहाँ क्लिक गर्नुहाेस्

 


क्लिकमान्डु