पिज्जा वर्ल्डको तेस्रो आउटलेट पेप्सीकोलामा, २५ प्रतिशतसम्म ओपनिङ डिस्काउन्ट



काठमाडौं । काठमाडौंको बौद्धबाट शुरु भएको पिज्जा वर्ल्ड नेपालले आफ्नो स्थापनाको ३ बर्षको अवधिमा तेस्रो शाखा संचालनमा ल्याएको छ । झण्डै २ बर्षअघि ललितपुरको कुमारीपार्टीमा दोस्रो शाखा विस्तार गरेको पिज्जा वर्ल्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको हो।

पेप्सीकोला शाखाको बिहिबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् ।

करिब एक करोडको लगानीमा पिज्जा वल्र्डको उक्त शाखा विस्तार गरिएको हो । स्थापना भएको छोटो अवधिमा नै ग्राहकको राम्रो रेस्पोन्स पाएकाले पिज्जाका पारखीहरूको मागलाई ध्यानमा राख्दै शाखा विस्तार गरिएको पिज्जा वल्र्डले जनाएको छ ।

सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकहरुले त्यसलाई रुचाउँदा छोटो समयभित्रै चेन खोल्न सफल भएको संचालक उद्धव खड्का बताउँछन् ।

बर्षौदेखि स्वदेश तथा विदेशमा पिज्जा रेष्टुरेन्टमा काम गरेका दक्ष युवाहरूबाट सञ्चालित यो पिज्जा वर्ल्ड नेपालकै सस्तो पिज्जा रेष्टुरेन्ट पनि हो । जहाँ नेपालकै सबैभन्दा ठूलो साइजको पिज्जा पाइने गरेको छ ।

‘पिज्जा वर्ल्ड’ मा चार किसिमका क्रस्टमा ५० प्रकारका पिज्जा उपलब्ध रहेको अर्का संचालक खड्का बताउँछन् । ‘पिज्जा वल्र्ड’ मा मुख्यगरी प्यान पिज्जा, शसेज वाइट्स पिज्जा, चिज लोडेड पिज्जा सहित पास्ता लगायतका स्वादिष्ट्र खानेकुरा उपलब्ध छन् ।

निम्न, मध्यम र सबै खाले बर्गलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो पिज्जा वल्र्ड सस्तो मात्र छैन उतिकै गुणस्तरीय पनि रहेको सञ्चालकको दाबी छ । विभिन्न फ्लेभर र साइजमा पाइने पिज्जाको मूल्य १ सय ८० रुपैयाँदेखि एक हजार ८ सय रुपैयाँ सम्म पर्छ।

शान्त पारिवारिक वातावरण र फ्रेन्डली सेवा दिंदै आएको पिज्जा वल्र्डले आफ्ना ग्राहकहरुका लागि निशुल्क होम डेलिभरीको सुविधा समेत दिंदै आएको छ । साथै पिज्जा वल्र्डले विशेष अवसरहरु बर्थ डे, एनिभर्रसरी लगायतमा फ्रि सेलिब्रेशन समेत दिने गरेको छ ।

पिज्जा वर्ल्डमा कसैले जन्मदिन मनाउन चाहेमा आफूहरुले नै त्यसको व्यवस्थापन गर्ने र सबैको अगाडि विशेष समारोह गरेर सेलिब्रेट गर्ने गरेको संचालकहरु बताउँछन् ।

रेष्टुरेन्ट विहान १० बजेदेखि राति ९ बजेसम्म खुला रहने छ । नयाँ शाखा संचालनको अवसरमा पिज्जा वल्र्डले २५ प्रतिशतसम्म छुट समेत प्रदान गरेको छ । साथै, दशैं तिहारको टिकाको दिनमा बाहेक अन्य सबै दिन पिज्जा वर्ल्ड संचालनमा रहने संचालकले जानकारी दिए ।

घरमै मगाएर पिज्जा खानको लागि पिज्जा वर्ल्डको फेसबुक वा फोनमा सम्पर्क गरेर अर्डर समेत दिन सकिनेछ ।

बौद्ध , कुमारी पार्टी र पेप्सीकोलामा गरी ५२ जना युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । नयाँ खुलेको पेप्सीकोला शाखामा १६ जनाले रोजगारी पाएका छन् ।


पुष्प दुलाल