दशैंमा विदेश घुम्न जाने हो, कुन देश जान कति खर्च लाग्छ ?



काठमाडौं । दशैं बिदामा घुम्न निस्कनेहरुको जमात ठूलो छ । स्वदेश होस् वा विदेश होस् नेपालीहरु पछिल्लो समयमा दशैं/तिहारको बिदा घुमेर बिताउन थालेका छन् ।

नेपालीहरुको घुम्ने प्रवृत्ति बढेसँगै विभिन्न ट्राभल कम्पनीहरुले पनि उनीहरुलाई बजेट सुहाउँदो विभिन्न प्याकेजहरु सार्वजनिक गरिरहेका छन् । अझै दशैंको समयमा त यस्ता प्याकेजहरु अफर सहित आउन थालेका छन् ।

विदेश नेपालीहरुका लागि रहरको ठाउँ पनि हो । विश्वमानचित्रमा प्रविधिको द्रुत विकासलाई नजिकबाट नियाल्न चाहनेहरुका लागि विदेशी अवसर पनि हो । त्यसैले नेपालीहरु स्वदेशसँगै अहिले विदेशमा पनि उत्तिकै पैसा खर्च गर्न थालेका छन् ।

दशैंमा कहाँ घुम्न जाने, कति लाग्छ खर्च ?

नेपालीहरुका लागि थाइल्याण्ड, दुबइ, चीन, सिंगापुर, इन्डोनेसियाको बाली प्रमुख पर्यटकीय गतव्य हुन् । यी देशमा जानका लागि हवाई यात्रा पनि निकै सस्तो छ । यतिसम्म कि नेपालमा आन्तरिक उडान जत्तिकै थाइल्याण्डको भाडा दर छ ।

हामीले कुन देशमा कति खर्च लाग्छ भन्ने उल्लेख गरेका छौं । तल उल्लेखित खर्चमा हवाई भाडा भने उल्लेख गरिएको छैन । हवाई भाडा समय अनुसार परिवर्तन भइरहने भएकाले यसमा उल्लेख नगरिएको हो ।

इकोनोमी प्याकेज, सहज भिसा

पछिल्लोवर्षहरुमा विदेश घुम्न चाहने नेपालीको लागि सहज र सस्तो प्याकेजले गर्दा आर्कषण झनै बढेको छ । पहिलेपहिले पैसामात्र होइन प्रक्रिया पनि निकै झन्झटिलो हुने गरेको थियो । फलस्वरुप विदेश घुम्न जानु नेपालीहरुको लागि सपना जस्तै थियो ।

विशेषगरी पछिल्लो समय आएको प्रवेसाज्ञा अनुमतिमा आएको सहजताले यसमा सहयोगी भुमिका खेलेको छ । अहिले नेपालीहरुको विश्वका ३६ वटा देशमा पासपोर्टमात्र भएमा निश्चित दिनसम्म घुम्न पाउँछन् ।

नेपालीहरुलाई भारतबाहेक ३६ वटा देशले अनअराईभल भिसा उपलब्ध गराईरहेका छन । गत वर्ष थाइल्यान्ड घुम्ने नेपालीमात्र ४० हजार ६ सय ७८ पुगेका थिए ।

अनअराईभल भिसाको आवश्यक प्रक्रिया

हवाई टिकट, होटल बुकिङको पत्रसहित शुल्क तिरेपछि पासपोर्टकै भरमा तोकिएको विमानस्थलको अध्यागमन विभागबाट त्यस्तो अनअराईभल भिसा दिइन्छ । त्यो देशअनुसार निश्चित दिनको लागि हुन्छ ।

सामन्यतया १५ दिनदेखि ३ महिनासम्मको अवधकिो लागि दिइने त्यस्तो भिसा नेपालसंग कुनै सरोकार नभएका मुलुकहरुले पनि दिने गरेका छन् भने दक्षिण एसियाली छिमेकीहरुले पनि दिएका छैनन् ।

यसमा भुटान र अफगानिस्तानले नेपालीलाई त्यस्तो सुविधा दिएका छैनन भने चीनले पनि त्यस्तो सहुलियत नेपालीलाई दिएको छैन ।

संसारमा सबैभन्दा बढी अनअराइभल परमिट सुविधा भने जर्मन पासपोर्ट होल्डरहरुले पाउँछन् जसले १ सय ७७ वटा देशमा त्यस्तो सुविधा पाउँछन भने सबैभन्दा कम अफगानस्तानी पासपोर्ट होल्डरहरुले २५ देशमा पाउँछन् ।

तर यस्तो सुविधा कहिले दिने कहिले हटाउने क्रम चलिरहने र त्यस्तो जानकारी नेपाल सरकारलाई दिनुनपर्ने भएकोले पनि यसको एकमुष्ट जानकारी नहुने सरकारी अधिकारीहरु बताउँछन् ।


पुष्प दुलाल