ऊर्जामन्त्री पुनः जापानमा, नलसिंहगाड आयोजनामा लगानीका लागि आग्रह




काठमाडौं । जापान भ्रमणमा रहेका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जापानका मन्त्रीहरूबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

मन्त्री पुनले आज जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईतोस“ग भेटवार्ता गरेका छन् ।

द्विपक्षीय भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । मन्त्री पुनस“ग नेपाल–जापान संसदीयमैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्रेटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइ सहितको ८ सदस्यीय संसदीय टोलीले समेत छलफल गरेको छ ।

उर्जा र जलविद्युत लगायतका क्षेत्रमा लगानी आकर्षित गराउने उद्देश्यका साथ चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले विभिन्न कार्यक्रममा सहभागी जनाएका छन् ।
छुट्टाछुट्टै भेटवार्तामा मन्त्री पुनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध, जापानले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग र लगानीको खुलेर प्रशंसा गरेका थिए ।

उनले नेपालमा जापानी प्रविधि र लगानी भित्र्याउन समेत आह्वान गर्नुभएको छ ।

बैठकमा मन्त्री पुनले ४ सय १७ मेगावाट क्षमता रहेको नलगाड जलविद्युत आयोजनामा समेत लगानीको लागी आग्रह गरेको जानकारी दिए ।

जापानी सहयोग नियोग(जाइका) को निमन्त्रणामा जापान भ्रमणमा रहेका मन्त्री पुनले बिहीबार जाइकाका कार्यकारी उपाध्यक्षस“ग नलसिंहगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

जापानी उपमन्त्री नोरुहिरो नाकायामाले नेपालमा गरिने लगानी र सहयोगमा बढोत्तरी गरिने प्रतिबद्धता जनाउनु भएको छ ।


क्लिकमान्डु