चालु आवको दुई महिनामै थपियो प्रणालीमा ८५ मेगावाट विद्युत्



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा थप ८५ मेगावाट विद्युत् थप भएको छ ।

चालु आर्थिक वर्ष लागेपछि मात्रै प्रणालीमा झण्डै १०० मेगावाट बराबरको विद्युत् थप भएको हो ।

गत साउन पछि मात्रै कूल ५ वटा जलविद्युत् आयोजनाको विद्युत् प्रणालमिा थप भएको छ ।

प्राधिकरणका अनुसार साउन पछि २२ मेगावाट क्षमताको तल्लो हेवा आयोजनाको विद्युत् थप भएको छ ।

यस्तै २० मेगावाट क्षमताको मोदी, ९.९ मेगावाटको इवाखोला, २५ मेगावाटको कावेली बी, ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थप भएको छ ।

ती सबै आयोजना आर्थिक वर्ष २०७५÷७६ मा नै सम्पन्न हुनुपर्ने आयोजना थिए । यस्तै प्राधिकरणको लगानीमा निर्माण भइरहेको १४ मेगावाटको आयोजना निर्माण सम्पन्न भएको भए प्रणालीमा कूल ९९ मेगावाट थप हुने थियो ।


क्लिकमान्डु