ब्यापारमा डुबेका व्यक्तिको सेयर बजारमा ५५ करोड लगानी ! सम्पत्ति शुद्धिकरणको अनुसन्धान



काठमाडौं । लगातार १० वर्षदेखि व्यवसाय घाटामा रहेको विवरण बुझाउँदै आएका एक व्यवसायीको सेयर बजारमा ५५ करोड रुपैयाँ भेटिएको छ । व्यवसाय घाटामा देखाएर राज्यलाई कर छली गर्दै आएका ती व्यवसायीको सेयर बजारमा भने उक्त परिमाणको लगानी भेटिएको हो ।

ती व्यवसायीको बारेमा सम्पत्ति शद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । विभागले अनुसन्धान गर्दा ती व्यक्तिको नाममा सेयर बजारमा ५५ करोड रुपैयाँ लगानी भएको तथ्य फेला परेको छ ।

सेयर बजारमा कालोधनका विषयमा धेरै उजुरीहरु परेका भएपनि आधा दर्जनबढी उजुरीमा अनुसन्धान भइहरेको विभागका अधिकारीहरु बताउँछन् ।

‘एक दशकदेखि लगातार व्यवसाय घाटामा गएको विवरण बुझाउने व्यक्तिले सेयर बजारमा ५५ करोड रुपैयाँ लगानी गरेको भेटियो,’ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘त्यसको स्रोत के हो ? हामीले खोजिरहेका छौं ।’

स्रोतका अनुसार उनी नाम चलेकै व्यक्ति हुन् । दशकदेखि उनको व्यापारले भने गति लिन सकेको छैन ।

स्रोतले भन्यो, ‘व्यापारमा टाट उल्टिन लागेको व्यक्तिको सेयर बजारमा त्यति ठूलो लगानी भएको तथ्य फेला पर्दा हामी पनि अचम्मित भयौं ।’

‘ती व्यवसायीले कर छली गरी गैरकानूनीरुपमा कमाएको कालो धन सेयर बजारमा लगानी गरेको भन्ने उजुरी परेपछि हामीले अनुसन्धान गरेका हौं,’ विभाग स्रोतले भन्यो, ‘व्यापारमा टाट उल्टिन लागेको व्यक्तिको सेयर बजारमा त्यति ठूलो लगानी भएको तथ्य फेला पर्दा हामी पनि अचम्मित भयौं ।’

ती व्यक्तिलाई उच्च निगरानीमा राखेर अनुसन्धान भइरहेको विभाग स्रोतले जानकारी दिए ।

‘थप तथ्यहरु खोजिरहेका छौं, मुद्दा दायर गर्न लामो समय नलाग्ला,’ स्रोतले भन्यो ।

विभागमा परेका उजुरीहरुका बारेमा अनुसन्धान गर्दा गैरकानूनीरुपमा आर्जित कालो धन घरजग्गा, सेयर बजार, ब्यापारमा लगानी भएको तथा सहकारीहरुमा बचत राखिएको पाइएको छ ।

स्रोतले भन्यो- ‘गैरकानूनीरुपमा कमाएको रकम घरजग्गा, सेयर बजार, ब्यापार र सहकारीमा बचत गरेर सेतो बनाउने गरेको केही तथ्यहरु फेला परेका छन् ।’

नेपालमा खासगरी ५ तरिकाले गैरकानूनीरुपमा सम्पत्ति कमाउने काम भइरहेको विभागका अधिकारीहरु बताउँछन् ।

‘भ्रष्टाचार, कर छली, प्राकृतिक सम्पदाको दोहन, यौन र ड्रगबाट गैरकानूनी सम्पत्ति आर्जन भइरहेको पाइएको छ,’ विभाग स्रोतले भन्यो, ‘यसरी कमाएको रकम घरजग्गा, सेयर बजार, ब्यापार र सहकारीमा बचत गरेर सेतो बनाउने गरेको केही तथ्यहरु फेला परेका छन् ।’

सेयर बजारमा कालोधनका विषयमा धेरै उजुरीहरु परेका भएपनि आधा दर्जनबढी उजुरीमा अनुसन्धान भइहरेको विभागका अधिकारीहरु बताउँछन् ।

‘विभागमा हजारौं उजुरीहरु छन् तर हामीले प्राथमिकताका आधारमा उजुरीहरुमाथि अनुसन्धान गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘प्राथमिकता छुट्याउने हाम्रो आफ्नै विधि छ ।’

पहिलो, कुनैपनि सामान्य व्यक्तिलाई ठूलो रकम हिनामिना तथा भ्रष्टाचार गरेको अभियोग लागेको छ भने विभागले त्यस्तो उजुरीलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गर्छ ।

दोस्रो, भ्रष्टाचार, हिनामिना तथा अपराध सानो छ । तर, त्यसमा संलग्न व्यक्तिहरु पोलिटिकल्ली एक्सपोजर भएका व्यक्ति छन् भने त्यस्ता उजुरी पनि विभागको उच्च प्राथमिकतामा पर्छन् । पोलिटिकल्ली एक्सपोजर पर्सन भनेको गाउँपालिका अध्यक्ष, नगरपालिका तथा महानगरपालिकाका मेयर, सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म पर्छन् ।

र, अर्को प्राथमिकताको क्षेत्र हो ब्यापारीक समूह । यस्ता व्यक्तिहरुले पनि कर छली गरेर कालो धनलाई सेतो बनाउन सक्ने भएकाले यो वर्ग वा समूह पनि विभागको प्राथमिकतामा पर्छ ।

‘विभागमा हजारौं उजुरीहरु छन् तर हामीले प्राथमिकताका आधारमा उजुरीहरुमाथि अनुसन्धान गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘प्राथमिकता छुट्याउने हाम्रो आफ्नै विधि छ ।’

त्यसैगरी, नियम कानून कार्यान्वयन गराउने निकाय, नियामक निकायहरुमा भएका व्यक्तिहरु पनि विभागको प्राथमिकतामा पर्छन् । किनभने यस्ता व्यक्तिहरुसँग कानूनी शक्ति हुने भएकाले उनीहरुले उक्त शक्तिको दूरुपयोग गरी गैरकानूनीरुमा सम्पत्ति आर्जन गरेका हुन सक्छन् भने कालो धनलाई सेतो बनाउन मतियारको भूमिका पनि खेलेका हुन सक्छन् ।

सम्पत्ति शुद्धिकरण विभागको नजर लागेको अर्को क्षेत्र हो एनजीओ आइएनजीओहरु । एनजीओ आइएनजीओहरुले समाज सेवाको आवरणमा आतंकबादी क्रियाकलापमा लगानी गरिरहेका हुन सक्छन् भने धर्म र संस्कृतिका नाममा विकृति विसंगति ल्याइरहेका हुन्छन् ।

धर्मका नाममा पनि कालो धनलाई सेतो बनाउने काम भइरहेको उजुरीहरु परेको विभागले जनाएको छ । विभागले यस्ता संस्थाहरुको रिपोर्ट समाज कल्याण मन्त्रालयसँग मागिसकेको छ । र, शंकास्पत संस्थाहरुमाथि अनुसन्धान पनि गरिरहेको छ ।


पुष्प दुलाल