एक–एक मिनेटमा किन काटिन्छ लाइन ? यसो भन्छन कुलमान घिसिङ (भिडियो)




काठमाडौं । देश लोडसेडिङमुक्त भयो भनिए पनि अहिले एक–एक मिनेटमै लाइन काटिने समस्या धेरै छ । लोडसेडिङ हटेपछि इन्भर्टर, सोलारलगायतका बैकल्पिक स्रोत तथा ब्याकअपको प्रयोगमा निकै कमी आएको थियो । तर अहिले छिननिमै लाइन काटिन थालेपछि काम प्रभावित हुन थालेका छ ।

के विद्युत भार नपुगेर नेपाल विद्युत प्राधिकरणले अघोषितरुपमा लोडसेडिङ गर्न लागेको हो ? यो सबैको चासोको विषय बनेको छ । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत अपुग भएका कारण विद्युत काटिएको नभई अन्य कारणले विद्युत बेलाबेलामा काटिने गरेको स्पष्ट पारेका छन् ।

उनका अनुसार हावाहुरीको समयका रुपमा चिनिने चैत बैशाखदेखि वर्षायामसम्म विभिन्न समस्या उत्पन्न हुन्छन् । हावा हुरी लाग्नेदेखि वर्षायाममा रुखहरु बढ्ने, खोलामा धमिलो पानी आउँदा कहिलेकाँही विद्युत उत्पादनमै बाधा पुग्नेजस्ता विभिन्न समस्याका कारण अहिले बेलाबेलामा विजुली काटिने समस्या आएको बताए ।

विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा पदभार सम्हालेको ३ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा उनले भने, ‘विद्युत अपुग भएर विद्युट कटौती गर्नुपर्ने अवस्था होइन । वितरण प्रणालीमा आउने डिस्टर्बेन्स र ट्रान्समिसनको असन्तुलनका कारण समस्या आएको हो ।’

हिउँदमा खोलामा सङ्लो पानी आउने, अन्य समस्याहरु कम आउने भएकाले उक्त समयमा विद्युत वितरणका धेरै सहज हुने समेत उनले प्रष्ट पारे ।

त्यसैगरी सडक, खानेपानी मर्मत, पोल सार्ने, ट्रान्सफर्मर मर्मत, आकस्मिक ओभरलोडलगायत विविध कारणले पनि अहिले विजुली काटिने समस्या आएको उनको भनाइ छ ।

विस्तृत भिडियाेमा हेर्नुहाेस :


क्लिकमान्डु