कुलमानले सर्वसाधारणलाई विद्युत् प्राधिकरणको सेयरधनी बनाउने, २५% सेयर निष्कासन गर्ने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

प्राधिकरणको संस्थागत विकास अन्तर्गत नेपाल सरकारबाट स्वीकृत भए अनुसारको दोस्रो वित्तीय संरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार २५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने योजना प्राधिकरणले गरेको छ ।

विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड नाफा गरेको थियो । तर,प्राधिकरणको सन्चित घाटा भने अझै छ । गत आर्थिक वर्षसम्ममा प्राधिकरणको सन्चित घाटा १५ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु