प्रधानसेनापति थापासँग कति छ सम्पत्ति ?

क्लिकमान्डु २०७६ भदौ २६ गते १०:०५ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रधानसेनापति थापाले नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका-२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो ।

थापाको लमजुङ बेँसीशहर नगरपालिका-४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा-५ मा चार रोपनी ११ आना जग्गा छ ।

थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा-५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ ।

यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा १६ लाख ६१ हजार रुपैयाँ, सोही बैंकमा ५ हजार ९ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा ४२ हजार र श्रीमतीको नाममा मेगा बैंकमा ५० हजार रहेको छ । श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर रहेको छ भने डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको उल्लेख छ ।

उनले ग्लोबल आइएमईबाट १८ लाख, कल्याणकारी कोषबाट ५ लाख, एनबी बैंकबाट ९८ लाख र लक्ष्मी बैंकबाट ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको देखिएको छ । उनीसँग फिगो फर्ड कार रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स