मिठाइ पसलमा मन्त्रीको छापा, हप्ता दिनभित्र सुधार गर्न निर्देशन



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैद्य नेतृत्वको संयुक्त टोलीले ३ मिठाई पसलमा अनुगमन गरेको हो ।

टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स र साजन गोठ तथा सुनधारामा सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्धारा सञ्चालित गुवाफमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ ।

अनुगमन पछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कम्जोरी पाइएको बताइन् । उपभोक्तालाई गुणस्तरिय खाना खुवाउने व्यवशायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने बताइन् ।

उनले मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको बताइन् । उनले उपभोक्ता र व्यवशायीका लागि अनुज्ञापत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिए । राज्यमन्त्री चौधरीले एक हप्ताभित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन दिएकी छन् ।

विभागकी महानिर्देशक बैद्यले सरसफाइ र गुणास्तरियता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताए । टोलीले परिक्षणका लागि १४ प्रकारका खाद्य पदखार्थ लिएको जनाएको छ ।

विष्लेशण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्धा चलाइने विभागले जनाएको छ ।


पुष्प दुलाल