बाबुराम भट्टराईले भने- चीनले नेपालमा रेल बनाउँदैन



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनले नेपालमा रेल नबनाउने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले यस्तो बताए ।

‘चीनले नेपालमा रेल बनाउँदैन । ठुला शत्तिले अब दान दिँदैन । हिजो ३५ करोड आयो । चीनबाट रेल आउँदैन त्यसमा हामी प्रस्ट हुनुपर्यो,’ उनले भने ।

नेपालको अहिलेको आवश्यकता रेल भन्दा बढी सडक भएको उनको भनाई छ ।

‘हामीलाइ सडक चाहिएको छ, सडक सरकारले बनाउनु पर्यो,’ उनले भने, ‘सडकमा निजी क्षेत्रले लगानी गर्ने होइन । काठमाडौ हेटौडा शुरुङ मार्गमा निजी क्षेत्र असफल भयो । निजी क्षेत्रले यो कुरा स्वीकार गर्नु पर्यो ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअधयक्ष कुशकुमार जोशीको नेपाल पूर्वाधार विकास कम्पनीले उक्र सुरुङ्गमार्ग निर्माण गर्ने भनेर जिम्मा लिएको लामो समय भएपनि हालसम्म कुनै प्रगति भएको छैन । पछिल्लो पटक सो आयोजना एनआरएनका अध्यक्ष भवन भट्टलगायतले जिम्मा लिएपनि आयोजनाको अवस्था जहाँको त्यहीँ छ ।

डा. भट्टराईले निजी क्षेत्रले उर्जामा लगानी गर्नुपर्ने बताए । नेपालले निर्यात गर्न सक्ने पनि उर्जा नै भएको उनको भनाई थियो ।


पुष्प दुलाल