५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउन भारतमा बैंकहरुको बिग मर्जरको सुरुवात



नेपालको बैंकिङ क्षेत्रमा बिग मर्जरको चर्चा पछिल्लो डेढवर्ष देखि छ । यो पटक मौद्रिक नीति अगाडि राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाललले मर्जरमा जाने प्रतिबद्धता नै मागे ।

राष्ट्र बैंकले निजी क्षेत्रका बैंकहरुलाई मात्र घटाउने र सरकारी बैंकहरुलाई भने मर्जरमा नलैजाने नीति लिएको छ ।

भारतमा १० वटा सरकारी बैंकलाई मर्जर गराएर बिग मर्जरको सुरुवात भारतीय वित्तमन्त्री निर्मला सितारमणले गरेकी छन् ।

पन्जाव नेशनल बैंक,ओरियन्टल बैंक अफ कर्मश र युनाइटेड बैंक अफ इन्डिया आपसमा मर्जरमा जाने भएका छन् । यो मर्जरसँगै पिएनबी भारतको सबैभन्दा ठूलो बैंक हुने छ । जसको कारोबार १७.९५ लाख करोड भारतीय रुपैयाँ हुन्छ ।

भारतीय वित्तमन्त्रीले केनरा बैंक र सिन्डिकेट बैंकको मर्जरको घोषणा गरिन् । जुन भारतको चौथो ठूलो सरकारी बैंक हुन्छ । यसको कारोबार १५.२० लाख करोड भारतीय रुपैयाँ हुन्छ ।

यसका साथै युनियन बैंकमा आन्ध्रा बैंक र कर्पोरेशन बैंकको मर्जर हुने छ । जुन भारतको पाँचौ ठूलो बैंक हुने छ ।

भारतीयवित्तमन्त्रीका अनुसार इन्डियन बैंक,इलावाद बैंक पनि मर्जर हुन्छ । जुन भारतको सातौ ठूलो सरकारी बैंक हुन्छ । जसको कारोबार ८.०८ लाख करोड भारु हुन्छ ।

सुधारको घोषणा गर्दै भारतीयवित्तमन्त्रीले सरकार ५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउन लागेको भन्दै यसको सुरुवात सरकारी बैंकको मर्जरबाट भएको बताइन् ।

मर्जरमा लगिएका सरकारी बैंकहरुको खराब कर्जा अत्याधिक बढी छ ।


क्लिकमान्डु