नेपालमै पाइन्छ डेढ करोडसम्मका बाइक, यी हुन् महंगा बाइक (भिडियो)



काठमाडौं । नाडा अटो शो-२०१९ को मूख्य आकर्षणका रुपमा एमभी अगस्टा ब्रुटेल ८०० आरआर एलएच ४४ भित्रिएको छ । एमभी अगस्टा मोटरसाइकलको नेपालका लागि आधिकारिक डिस्ट्रिब्युटर रहेको भेलोसिटी प्रालि कम्पनीले उक्त बाइक भित्राएको हो ।

कस्तो छ त ७३ लाख ९० हजार पर्ने यो बाइक ? भिडियोमा हेर्नुहोस्

नाडा अटो शोमा राखिएको उक्त बाइकको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यो बाइक विश्वभर जम्मा १४४ वटा लिमिटेड सिरिज उत्पादन गरिएको छ । र, यो दक्षिण एशियाको पहिलो र एकमात्र उत्पादन हो ।

नाडा अटो शोमा भेटियो ६२ लाख रुपैयाँ पर्ने बाइक, यस्ता छन् विशेषता

कम्पनीका अनुसार नेपालमा एमभी अगस्टा मोटरसाइकल ४३ लाख ९० हजार रुपैयाँदेखि १ करोड ४१ लाख ९० हजार रुपैयाँसम्मको रेञ्जमा उपलब्ध छन् ।

३ वटा सिलिन्डर रहेको उक्त बाइकमा फोर स्ट्रोक र १२ भल्भ छ । ७९८ सीसी क्षमता रहेको यस बाइकको लम्बाई २०४५ एमएम, चौडाई ८७५ एमएम र स्याडल हाइट ८३० एमएम छ । १३५ एमएमको न्यूनतम ग्राउण्ड क्लियरेन्स रहेको यो बाइक अहिले नाडा अटो शोको बाइक सेगमेन्टमा प्रमुख आकर्षण बनेको छ ।

नेपालमा अहिले याे बाइक शाे पिसका लागि मात्र ल्याएकाे र ग्राहकले किन्न चाहेकाे खणडमा अर्डरपछि मगाउने बताइएकाे छ ।


क्लिकमान्डु