प्रधानमन्त्रीले सिंगापुरदेखि भिडियो कन्फेरेन्सबाटै चलाए मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंगापुरबाट भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषदको बैठकमा सहभागी भएका छन् ।
स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्समार्फत सहभागी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटमार्फत जानकारी दिएका छन् ।
रिमालले प्रधानमन्त्री भिडियो कन्सफरेन्समार्फत सहभागी भएको फोटो समेत ट्विट गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्विट गर्दै प्रविधि र प्राविधिकलाई धन्यवाद समेत दिएका छन् ।