२ लाखमै पाइन्छ गाडी, यस्तो छ अप्सन



काठमाडौं । कार चढ्ने रहर छ तर पैसा पुग्दैन । सीमित आम्दानीले महंगा गाडी चढ्ने रहर पूरा गर्न गाह्रो छ ।

यस्तोमा तपाईका लागि बजारमा सस्ता गाडी पनि छन् । सेकेन्ड ह्यान्ड गाडी खरिद गर्न सक्नुहुन्छ । जसले तपाईलाई गाडी चढ्ने रहर मात्रै होइन राम्रो गाडी चढ्ने चाहना पनि पूरा गरिदिन्छन् ।

नयाँ गाडी खरिद गर्न सस्ता गाडी पनि १५ देखि २० लाख रुपैयाँ पर्छ । त्यसभन्दा माथि करोडौंका गाडी पनि नेपाली बजारमा आइसकेका छन् ।
यदि गाडी चढ्ने रहर छ भने सुरुमा राम्रो कन्डिसनका सेकेन्ड ह्यान्ड गाडी खरिद गर्न सकिन्छ । अहिले इन्टरनेटमा विभिन्न पोर्टलहरु छन् । जसले सेकेन्ड ह्यान्ड कार खरिद तथा बिक्रीका लागि प्लेटफर्म उपलब्ध गराएका छन् ।

साथै फेसबुकमा पनि विभिन्न पेज तथा ग्रुप बनाएर मार्केटिङ गरिरहेको भेटिन्छन् । जहाँ गाडी धनीले फोटो र त्यसबारेमा जानकारी सहित अपलोड गर्न र खरिदकर्ताले त्यसैमध्येबाट छानेर सम्पर्क गरी गाडी खरिद गर्न सक्छन् ।

इन्टरनेटको बढ्दो प्रयोगले अहिले सेकेन्ड ह्यान्ड गाडी खरिद गर्नका लागि पसल खोज्दै हिँड्नु पर्ने बाध्यता हटाइसकेको छ ।

सेकेन्ड ह्यान्ड गाडी सुरुका वर्षमा गाडी पनि चलाउन पाइने, सिक्न पाइने र सेकेन्ड ह्यान्ड भएकाले बिग्रिँदा त्यति समस्या पनि नहुने भएकाले सुरुमा सेकेन्ड ह्यान्ड गाडीबाट गाडीको रहर गर्नेहरु धेरै छन् ।

पुरानो गाडी किन्दा बजेट कम भए पनि पुग्छ । सीमित बजेटमा राम्रो गाडी पनि चढ्न पाइन्छ । तर आफूले कुन मोडेलको गाडी
चढ्ने हो त्यसको कन्डिसन कस्तो छ भने ख्याल राख्नुपर्छ । त्यस्तैले कन्डिसन परीक्षण गर्नका लागि आफैले टेस्ट ड्राइभ गर्ने र कारको विशेषता, प्रयोगबारे जानकारी लिनुपर्छ ।

गाडीको स्पेसिफिकेशन्सबारे राम्रोसँग जानकारी लिनुपर्छ । गाडी कति किलोमिटर गुडिसकेको छ ? वारेन्टी के कति छ त्यो पनि जान्नुपर्छ ।
यहाँ हामीले केही अनलाइनमा उपलब्ध सेकेन्ड ह्यान्ड गाडीका स्क्रिनसट तथा लिंक उपलब्ध गराएका छौं । जहाँ तपाईहरुले सहजै गाडीबारे जानकारी लिन सक्नुहुनेछ ।

 

सेकेण्ड ह्याण्ड गाडीको लागि यी लिंकहरु उपयोगी हुन सक्छन् ।

http://ramromotors.com.np/

https://hamrobazaar.com/c48-automobiles-cars

http://www.ktmcarsales.com/

http://www.dealgara.com/

https://www.facebook.com/yourandhamrosales/

https://www.facebook.com/groups/203016663487298/

 

 

 

 

 

 

 

 


क्लिकमान्डु