रवि लामिछानेको बयान भोलि मात्रै, आज हिरासतमै राखिने
काठमाडौं । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको बयान सोमबार मात्रै हुने भएको छ ।
आइतबार जिल्ला अदालत लगिएको उनीहरुमध्ये अभियुक्त अस्मिता कार्कीको मात्रै बयान सकिएको छ । त्यसैले सोमबार लामिछाने र अर्को अभियुक्त युवराज कँडेलको बयान लिइनेछ ।
त्यसैले आज लामिछानेलगायतलाई हिरासतमै राखिनेछ ।
बयान सोमबार १० बजेदेखि सुरु हुनेछ ।
माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी गत साउन २१ गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।