शिक्षा क्षेत्रमा आक्रमक बन्यो पीईएल ग्रुपः साढे ६७ करोड ऋण लिएर व्यवसाय विस्तार गर्ने



काठमाडौं । शिक्षा क्षेत्रको व्यवसाय गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेड (पीईएल) समूह व्यवसाय विस्तारमा आक्रमक भएर अघि बढेको छ । पीइएल समूहले व्यवसाय विस्तारका लागि ६७ करोड ४८ लाख ६० हजार रुपैयाँ ऋण लिने भएको छ ।

कम्पनीले अनामनगरस्थित लिवर्टी एडेकेमिक नेटवर्क लिमिटेडलाई ७ करोड रुपैयाँमा किनेको थियो । लिवर्टीलाई पुर्नसंरचना तथा भवन पुर्ननिर्माणसहित व्यवसाय विस्तारका लागि अल्पकाल र दीर्घकालका लागि गरी साढे ६७ करोड रुपैयाँ ऋण लिने भएको हो ।

कम्पनीले सन् २०२० मा २९ करोड ९० लाख रुपैयाँ पुँजीगत खर्च पुग्ने अनुमान गरेको छ । जसमा भवन निर्माण, कक्षाकोठा विस्तारका लागि बैंकबाट २१ करोड ६० लाख रुपैयाँ ऋण आवश्यक छ । कम्पनीले विभिन्न ३ वटा शीर्षकमा ऋण लिने तयारी गरेको छ ।

जसमध्ये दीर्घकालका लागि ६५ करोड ५५ लाख ७० हजार, १ करोड ६० लाख रुपैयाँ ओभरड्राफ्ट र ३२ लाख ९० लाख रुपैयाँ हायर पर्चेज (गाडी किन्न) कर्जा लिनका लागि रेटिङ गराएको छ ।

पछिल्ला ३ वर्षको कम्पनीको सञ्चालन आम्दानी हेर्दा सन् २०१६ मा ११ करोड १० लाख रुपैयाँ, सन् २०१७ मा १६ करोड ५० लाख रुपैयाँ र सन् २०१८ मा २१ करोड ८० लाख रुपैयाँ गरेको केयर नेपालको रेटिङमा उल्लेख छ ।

पीईएल कम्पनीले सन् २०१५ देखि २०१८ सम्ममा भुक्तानी संकलन वार्षिक वृद्धि ३१ प्रतिशतले गरी २३ करोड ८० लाख पुर्याएको छ । जुन सन् २०१७ को तुलनामा २०१८ मा २६ प्रतिशतले बढी हो । जसको कारण कलेजमा विद्यार्थी तथा शुल्क वृद्धि हुँदा आम्दानी बढेको कम्पनीले बताएको छ ।

उक्त आम्दानीले कम्पनीको नाफा (ब्याज, लिज, डेप्रिसिएसन र करभन्दा अघि) ४३ प्रतिशतले बढेर १० करोड ३० लाख पुर्याएको छ । यो सन् २०१७ बाट सन् २०१८ को अवधिमा वृद्धि भएको हो । उक्त अवधिमा कम्पनीको मार्जिन ४३.२५ प्रतिशतले बढेको छ ।

कम्पनी अन्तर्गत कुन-कुन कलेज छन ?

पीईएल कम्पनीले राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई मध्यबानेश्वरमा ग्लोवल कलेज अफ म्यानेजमेन्ट कलेजमा प्लस टु तहमा कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकाय सञ्चालन गर्दै आएको छ ।

जमसमा सन् २०१७/१८ मा कक्षा ११ मा ८९२ विद्यार्थी थिए । यो संख्या सन् २०१८/१९ मा बढेर ९१५ जना विद्यार्थी पुगेका थिए ।

सन् २०१९/२० मा कलेजले विज्ञान संकाय समेत अध्यापन गराउने भएपछि ३५० नयाँ विद्यार्थी थप हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, कम्पनीले त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त बीबीएस र एमबीएस समेत अध्यापन गराउँदै आएको छ ।

त्यस्तै, कम्पनीको शतप्रतिशत लगानीमा मध्यबानेश्वरमै भ्याली भ्यू इंग्लिस स्कुल सञ्चालन भइरहेको छ । भ्याली भ्यू कक्षा १० सम्म अध्यापन हुने स्कुल हो ।

त्यसबाहेक पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त भई कम्पनीले शतप्रतिशत आफ्नो लगानीमा अनामनगरस्थित लिवर्टी एकेडेमी नेटवर्क प्रालिमा बीबीए र बीएचएम अध्यापन गराइरहेको छ ।

साथै, मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्लोवल कलेज इन्टरनेशनल प्रालिमा बीबीए, बीएचएम, बीटीटीएम, एमबीए अध्यापन गराइरहेको छ भने क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत जनरल सर्टिफिकेट कोर्स ‘ए लेभल’ विषय समेत अध्यापन गराउँदै आएको छ ।

प्रोफेसनल एजुकेटर्स लिमिटेड (पीईएल) कम्पनी सन् २००६ मा स्थापना भएको हो । प्राथमिक तहदेखि उच्च शिक्षासम्म अध्यापन गराउने उद्देश्यले शैक्षिक संस्था सञ्चालन गर्ने उद्देश्य लिएको छ ।
पीईएलसँग २३ करोड २९ लाख चुक्ता पुँजी छ । साथै कम्पनीले हालै १० प्रतिशत बोनस र २ः१ अर्थात ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ ।

को हुन सञ्चालक ?

प्रोफेसनल एजुकेटर्स लिमिटेड (पिईएल) १४ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर लागिरहेको संस्था हो । शिक्षा, अर्थशास्त्र, रिसर्च, बैंकिङ क्षेत्रमा अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको यस संस्थाको बोर्ड अफ डाइेक्टरको अध्यक्षमा डा. राधेश्याम प्रधान छन् ।

प्रधान पीएचडी होल्डर हुन् । उनी त्रिभुवन विश्वविद्यालयमा ४ दशहदेखि लेक्चर, रिडर र प्रोफेसरका रुपमा काम गरेको अनुभव छ । उनी विभिन्न विश्वविदालयमा रिसर्च तथा अन्य समितिमा सदस्य समेत छन् ।

अर्को सदस्य डा. खगेन्द्र ओझा कम्पनीका प्रबन्ध निर्देशक हुन । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । भने ३ दशकभन्दा बढी समयदेखि त्रिभुवन विश्वविद्यालयमा एसोसिएट प्रोफेसरका रुपमा कार्यरत छन् । उनी एजुकेशन इन्स्टिच्युसन ग्रुपका अध्यक्ष समेत हुन ।

अर्का सदस्य अम्बादत्त जोशीसँग १५ वर्षसम्म विभिन्न कलेजमा अध्यापन गराएको अनुभव छ । उनी कलेजका प्रिन्सिपल हुन् । उनले कम्पनी स्थापना भएदेखि नै


पुष्प दुलाल