दश जलविद्युत् कम्पनी: कसले कति कमाए, कति गुमाए ?



काठमाडौं । धेरै नाफा हुन्छ भनेर नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरेका ऊर्जा उद्यमीहरुको नाफा भने सोचे अनुसारको हुन सकेको छैन । आर्थिक वर्ष २०७५÷७६ मा गरेको नाफा नोक्सानको हिसाब किताब सार्वजनिक गर्ने क्रम जारी छ ।

एकाध कम्पनीले नाफा नोक्सन सार्वजनिक गर्न बाँकी रहेको छ ।

अपि पावर कम्पनी

अपि पावर कम्पनीले ७ करोड ७३ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको मुनाफा अघिल्लो वर्षको तुलनामा करिब १ करोड ९५ लाख ८३ हजारले बढी हो । कम्पनीले आव २०७५-७५ मा ५ करोड ७७ लाख २४ हजार खुद नाफा गरेको थियो ।

आँखुखोला जलविद्युत् कम्पनी

आँखुखोला हाइड्रोपावर कम्पनीले ३ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटामा रहेको विवरण सार्वजनिक गरेको छ । आव २०७४-७५ मा २ करोड ६ लाख ७१ हजार नाफा कमाएको कम्पनीले आव २०७५-७६ मा २ करोड ६६ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ ।

खानी खोला

खानी खोला हाइड्रोपावर कम्पनी १८ करोड ६९ लाख २३ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष करिब १५ करोड ९५ लाख ३४ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले करिब १ करोड २६ लाख ११ हजार बढी नोक्सान भएको हो ।

पाँचथर पावर कम्पनी

पाँचथर पावर कम्पनी लिमिटेड ७ करोड ८६ लाख ४७ हजार रुपैयाँ घाटा बेहोरेको छ । आव २०७४-७५ मा ५ करोड ७२ लाख ९६ हजार घाटा खाएको कम्पनीले गत मंगलबार सार्वजनिक गरेको विवरण अनुसार आव २०७५-७६ मा विद्युत बिक्रीबाट २४ करोड ९९ लाख ९ हजार आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ३३ लाख ५७ हजारले कम हो ।

बुटवल पावर कम्पनी

सो कम्पनीले ७७ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५-७६ मा ७७ करोड ८२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको हो । सो रकम अघिल्लो आवको तुलनामा ७ करोड ५९ लाख ४७ हजार बढी हो । अघिल्लो आवमा ७० करोड २२ लाख ६३ हजार नाफा कमाएको थियो ।

युनाइटेड मोदी

सो कम्पनीले ९ करोड खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा आव २०७५÷७६ मा १ करोड १७ लाख ८३ हजार बढी रहेको कम्पनीको विवरणमा उल्लेख छ ।

रिडी हाइड्रो

सो कम्पनीले ४६ लाख ६५ हजार खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो वर्षको तुलनामा ३२ लाख ५८ हजारले बढी हो ।

नेपाल हाइड्रो

नेपाल हाइड्रोले १ करोड ९१ लाख नाफा कमाएको छ ।

युनियन हाइड्रोपावर

युनियन हाइड्रोपावर कम्पनीले १ करोड ७५ लाख ७४ हजारले घाटामा रहेको छ । अघिल्लो वर्ष ४ करोड २६ लाख ३७ हजार घाटामा रहेको थियो ।

अरुण भ्याली हाइड्रोपावर

सो कम्पनीले ५ करोड ३२ लाख ८७ हजार नाफा कमाएको छ । सो नाफा गत वर्षको तुलनामा ३ करोड १९ लाख २३ हजारले बढी हो ।


क्लिकमान्डु