भदौ १० देखि राजधानीमा सवारीसाधनको कुम्भमेला, १६० स्टल, ९५ ब्राण्डको सहभागिता



काठमाडौं । भदौ १० गतेदेखि १५ सम्म नाडा अटो शोे १४ औं संस्करण राजधानीको भृकुटीमण्डपमा हुने भएको छ ।

अटो मोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गर्न लागेको प्रदर्शनीमा २ पाङग्रे तथा ४ पाङग्रे सेवारी साधन लगायत ९५ ब्राण्डको सहभागीता रहने भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष शम्भु दाहालले प्रदर्शनीमा २ पाङग्रे तथा ४ पाङग्रे सेवारी साधनका साथै विद्युतीय सवारी साधानको सहभागीता रहने बताए । उक्त प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० वटा स्टल र ब्लकहरु रहने छन् ।

प्रर्दशनीमा अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जा, अन्तर्राष्ट्रिय ब्राण्डको अटो सामग्री राखिने छ ।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पाटपूर्जा एंव ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरुको सहभागीता रहने छ ।

प्रदर्शनीमा अवलोकन कर्ताको सहजताका लागि २ पाङग्रे, ४ पाङग्रे सवारी साधन, वित्तीय संस्था तथा ग्यारेज उपकरणलाई छुट्टा छुट्टै राखिएको छ ।

६ दिनसम्म चल्ने प्रदर्शनीमा ७५ हजार आगन्तुकले अवलोकन गर्ने आयोजनकले जनाएको छ ।

प्रदर्शनीमा आउने सर्वसाधारणका लागि २०० सय रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँ शुल्क लाग्ने छ । यस पटक प्रदर्शनीमा आउने अवलोकन कर्ताले सवारी साधन पार्किङ गर्दा दुई पाङग्रेको १० र चार पाङग्रे सवारी साधनको ३० रुपैयाँ शुल्क लाग्ने छ ।
नाडाले प्रत्येक वर्ष दशैंअघि अटो शो आयोजना गर्दै आएको छ ।


पुष्प दुलाल