कार्यसमिति जिम्मेवार नभएको आरोप लगाउँदै इक्यानबाट बराल र गुरुङले दिए राजीनामा




काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्व अध्यक्ष परिषद्का अध्यक्ष राजेन्द्र बराल र सदस्य दीपक गुरुङले राजीनामा दिएका छन् ।

बिहीबार २९ गते बराल र गुरुङले ६ बुँदे असहमति जारी गर्दै राजीनामा बुझाएका हुन् ।

दुबै जनाले वर्तमान कार्यसमितिले जिम्मेवारीमा गम्भीर नभएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनीहरुले यस संस्थामा आफूहरुले नीतिगत, व्यवसायिकता र सामाजिक रुपमा नेतृत्व गर्न नसकेकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।

इक्यान स्रोतका अनुसार निर्वाचन नजिकँदा यसरी राजीनामा आउनु गलत भएको बताए । उनका अनुसार बराल र गुरूङ लामो समयदेखि अध्यक्ष विष्णुहरि पाण्डेको कार्यशैलीप्रति असन्तुष्ट थिए ।

 

यी हुन ६ बुँदा
१) शैक्षिक परामर्श क्षेत्रमा राज्यले निर्माण गर्ने नीतिगत छलफल र राज्यका अंगसँग समन्वय नगरी व्यवसायिक हक हित र संरक्षणको भूमिका खेल्न नसकेको ।

२) शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी, विदेशी कम्पनीको शाखा कार्यालय र विदेशी फ्रेञ्चाइजको विरुद्धमा आंशिक लागेको तर कार्ययोजना निर्माण गरी नीतिगत र व्यवसायिकरुपमा आवाज निरन्तर अगाडि नबढाएको र यस क्षेत्र असुरक्षित भएको ।

३) शैक्षिक परामर्श व्यवसायीहरुको समस्याहरुमा सरकारी निकाय, वैदेशिक कुटनीतिक नियोग र सम्बन्धित निकायसँग समन्वयकारी भूमिका खेली समस्या समाधान गर्न नसकेको र वेवास्था गरिएको ।

४) इक्यानका जिम्मेवार केही पदाधिकारीहरु आचारसंहिता उलंघन गरी विदेशी संघसंस्था र विदेशी लगानी गर्ने कम्पनीहरुसँग सहकार्य गरी व्यक्तिगत स्वार्थमा पदीय दुरुपयोग गरेको सामाजिक सञ्जालमा देखिएको ।

५) विभिन्न दशको कुटनीतिक नियोगसँग समन्वय गर्न नसकी शैक्षिक परामर्श क्षेत्रको समस्या समाधान र चुनौती र अवसरलाई सदुपयोग गर्न समन्वयकारी भूमिका खेल्न नसकेको ।

६) शैक्षिक परामर्श संस्थाहरुसँग समन्वय गर्न नसकी यस क्षेत्रमा उठेका एजेन्डामा एउटै एजेन्डा नबनाइ सम्बन्धित संघसंस्थाहरुसँग छलफल गरी समन्वय गर्न नसकेको देखिएको पुरानो र ठूलो जेठो संस्था इक्यान भएकाले समस्यालाई नेतृत्वमा लिन नसकेको ।


क्लिकमान्डु