सेञ्चुरी बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त



काठमाडौं । सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन । प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत मनोज न्यौपानेलाई नायव कार्यकारी प्रमुखमा नियुक्त गरिएको हो ।

विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत मनोज न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग सेवा प्रारम्भ गरी हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेड गरी करिब १५ वर्षको विस्तृत बैंकिङ्ग कार्यानुभव हासिल गर्नु भएको छ । निज न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन ।

मनोज न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन । उनको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वीत्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशिल भई सफलताका साथ अगाडि बढ्ने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३Þ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथ १३ वटा शाखरहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु