सर्वोच्चको आदेशपछि प्राइम बैंकका सीइओ मानन्धर काममा फर्किए, बैंकमा खुसियाली



काठमाडौं । सर्वाेच्च अदालतको अन्तरिम आदेशसँगै प्राइम बैंकका सीइओ नारायणदास मानन्धर काममा फर्किएका छन् ।

गत साउन २० गते राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंकका सीइओ र सञ्चालकको उमेर हद तोकेपछि प्राइम बैंकका सीइओ मानन्धर पदमुक्त भएका थिए ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा बैंक तथा वित्तीय संस्थाका प्रमख कार्यकारी अधिकृतको उमेर सीमा बढीमा ६५ वर्षसम्म काम गर्न पाउने व्यवस्था गरेको थियो ।

लगत्तै राष्ट्र बैंकको उक्त निर्देशिकामा भएको व्यवस्थाको विरुद्ध मानन्धरले साउन २२ गते सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजालसले मानन्धरलाई काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिए लगत्तै बुधबार मानन्धरले काममा फर्केका हुन ।

अदालतको आदेशसँगै मानन्धर काममा फर्कदा बैंकको निकै खुसियाली देखिएको थियो । जब मानन्धर ३ः२५ मा बैंकमा पुगे त्यो समयमा बैंकका निर्देशकदेखि अन्य सम्पूर्ण कर्मचारी सीइओलाई स्वागत गर्न आतुर देखिएका थिए ।


क्लिकमान्डु