भोलि प्रदेश नम्बर २ मा सार्वजनिक बिदा




काठमाडौं । रक्षाबन्धनको अवसरमा प्रदेश नम्बर २ मा सार्वजनिक बिदा हुने भएको छ ।

बिहीबार हिन्दूधर्मालम्बीहरुको पर्व रक्षाबन्धन परेकाले प्रदेश नम्बर २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले पर्वलाई हर्षोल्लासका साथ मनाउन समेत अनुरोध गरेका छन् ।


क्लिकमान्डु