बैंकिङ कसुर गर्ने प्रदेशमन्त्रीलाई पक्रन उच्च अदालतको आदेश




काठमाडौं । उच्च अदालत पाटनले कीर्ते बैंक ग्यारेन्टी गरेको आरोपमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ ।

अदालतले मन्त्री खत्री सहित ५ जनालाई पक्राउ गर्न आदेश दिएको हो । उनीहरुले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको आरोपमा पक्राउ गर्न आदेश दिएको हो ।

अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेको हो ।

अदालतले पक्राउ गर्नका लागि तीन दिनको समय दिएको छ ।

५५ लाख ५० हजार र ५५ लाख ३० हजार रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी कीर्ते गर्दा उनी साक्षी बसेका थिए । जसमा बैंकिङ कसुर ऐन २०६४ को दफा १२, १२ (क) र १२ (क) ३ अनुसार कसुर गरेकाले सोही ऐनको दफा १५ को (४) बमोजिम सजाय सुनाएको हो ।


क्लिकमान्डु