कृषि प्राविधिकलाई अवसरै अवसर, खुल्यो ७० जनाका लागि रोजगारी




काठमाडौं । के तपाई कृषि प्राविधिक अध्ययन गरेर बेरोजगार हुनुहुन्छ ? वा तपाईले भर्खर कृषिका विविध विषयको अध्ययन सम्पन्न गरी रोजगारीको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईका लागि सुवर्ण अवसर छ ।

सरकारले कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ देशव्यापी रुपमा कृषि प्राविधिकलाई नियुक्ती गर्ने अभियान सञ्चालन गरेको छ । संघीय सरकारले सो अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बेलामा प्रदेश सरकार भने अगं्रपक्तीमा देखिएको छ ।

प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७० जना कृषि प्राविधिक नियुक्ती गरी प्रदेश नम्बर १ लाई कृषिमा अग्रणी बनाउने लक्ष्य राखेको छ ।

प्रदेश नम्बर १ को सरकारका तर्फबाट सोमबार प्रकाशित सूचना अनुसार कृषि अर्थ विज्ञ, कृषि प्रसार अधिकृत, बाली विकास अधिकृत, बाली संरक्षण अधिकृत, बागवानी विकास अधिकृत, पशु विकास अधिकृत, मत्स्य विकास अधिकृत, प्राविधिक सहायक पशु सेवा प्राविधिक गरी ७० जना कृषि विशेषज्ञलाई नियुक्त गर्ने तयारी गरेको हो ।

उनीहरुलाई कृषि तथा पशुपंक्षीको क्षेत्रमा व्यवसायिक तरिकाले उद्यम गर्न चाहने किसानलाई सहयोग पुर्याउने जिम्मेवारी दिन लागिएको सूचनामा उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित विषयमा शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सकिने व्यवस्था छ । उत्तीर्ण हुने सम्बन्धित प्राविधिकलाई प्रदेश सरकारले तोके बमोजिमको खाइपाइ आएको तलब र अन्य सुविधा प्रदान गरिने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु