सेञ्चुरी बैंकबाट डेपुटी सिइओ जीवन भट्टराई बाहिरिए



काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले पदबाट राजिनामा दिएका छन् ।

उनी स्थापनाकालदेखि नै सेञ्चुरीमा कार्यरत रहेका थिए । भट्टराईले आफु निकट कर्मचारीलाई पिएचडी गर्ने भन्दै बैंकबाट राजिनामा दिएको बताएका छन् ।

भट्टराईले राजिनामा दिएको विषय भने बैंकले औपचारिक रुपमा बताएको छ । राजिनामा स्विकृत भएपछि बैंकले डेपुटी सिइओले दिएको राजिनामा औपचारिकरुपमा जानकारी दिने छ ।

डेपुटी रुपमा कार्यरत भएपनि भट्टराईलाई बैंकलाई आफुखुसी चलाउने आरोप लाग्ने गरेको थियो । खास गरेर सिइओलाई स्वतन्त्ररुपमा काम गर्न नदिने आरोप भट्टराईलाई लाग्ने गरेको थियो ।


क्लिकमान्डु