जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ३९ प्रतिशतले बढ्यो



काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले गत आर्थिक वर्ष २०७५-७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनीले १ अर्ब १२ करोड १४ लाख २८ हजार ?पैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिमा ८० करोड ८१ लाख ?पैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको नाफा ३८.७७ प्रतिशतले बढेको देखिएको छ ।

११ अर्ब रूपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा १ अर्ब ४० करोड २८ लाख रूपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रूपैयाँ १९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रूपैयाँ ५० पैसा रहेको छ ।


क्लिकमान्डु