गुणस्तरमा खेलवाड गर्ने ४ उद्योग कारबाहीमा
काठमाडौं । गुणस्तरमा खेलवाड गरेको भन्दै नेपाल गुणस्तर विभागले विभिन्न ४ सिमेन्ट उद्योगलाई कारबाही गरेको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि मोरङलाई बिक्री वितरणमा रोक लगाएको छ भने स्पष्टिकरण समेत माग गरिएको छ ।
यस्तै, चितवन सिमेन्ट प्रालिलाई पटक पटक मागपदण्ड अनुसारको उत्पादन नगरेको भन्दै इजाजत पत्र रद्द गरिएको छ । यस्तै, नेपाल अम्बुजा सिमेन्ट प्रालि भैरहवाको इजाजत पत्र स्थगत गरिएको छ । भने जानकी सिमेन्ट प्रालि सुनसरीको उत्पादनको बिक्री वितरणमा रोक तथा स्पष्टिकरण माग गरिएको महानिर्देशक पुडासैनीले बताए ।
कारबाही गरिएका सिमेन्ट उद्योगले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएका छन् ।