नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा अशोक खड्का नियुक्त



काठमाडौं । नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा अशोक खड्का नियुक्त भएका छन् ।

उनी यसअघि नेको इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृत थिए । कम्पनीले उनलाई चारवर्षको लागि सिइओ पदमा नियुक्त गरेको हो ।

नेकोमा आउनु अगाडि खड्का माछापुच्छ्रे बैंकमा थिए । महतो समुहले नेको इन्स्योरेन्सको सेयर खरिद गरेपछि उनी माछापुच्छ्रे छाडेर नेको पुगेका थिए ।

नेकोले पछिल्लो समय निर्जीवन बीमा व्यवसायमा आक्रामक व्यवसाय विस्तार गरेको छ । जसको जस बीमा क्षेत्रमा खड्कालाई लिने गरिन्छ ।

गतवर्ष नेको इन्स्योरेन्स बीमा शुल्कको आर्जनमा तेस्रो स्थानमा रहेको छ । नेकोले १ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।


क्लिकमान्डु