४ लाख २४ हजार घरको पुननिर्माण सम्पन्न, कुन जिल्लामा कति बने ?



काठमाडौं । २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन ।

पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो ।
अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताए । गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ’–उनले भने ।

प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ ।

आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् । त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन ।

कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन ।
जिल्लागत रुपमा पुनर्निर्माण सम्पन्न भएका घरको संख्या यसप्रकार छः
सिन्धुपाल्चोक – ६७, ८३४
नुवाकोट – ५२,६१३
धादिङ – ४८,४५४
दोलखा – ४४,५३३
गोरखा – ४४,२३१
काभ्रेपलाञ्चोक – ३०,८७७
रामेछाप – ३०,७११
ओखलढुङ्गा – १५,७७२
मकवानपुर – १३,०७०
सिन्धुली – १२,५८२
काठमाडौं – ११,५४२
रसुवा – १०,४१८
तनहुँ – १०,५२५
भक्तपुर – ८,४२०
ललितपुर – ४,२१६
लमजुङ – ३२००
चितवन – २,९८२
खोटाङ – २,९२८
सोलुखुम्बु – २,३०२
पाल्पा – १,४३५
भोजपुर – १,२६८
धनकुटा – १,२०३
बागलुङ – ८,८२
स्याङ्जा – ७०७
पर्वत – ६७६
नवलपरासी – ६२०
गुल्मी – ३२७
कास्की – ३२४
म्याग्दी – २७१
अर्घाखाँची – ५४


क्लिकमान्डु