उर्जामन्त्रीले भने- म झण्डा हल्लाउन मन्त्री भएको होईन



काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीवर्षमानपुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयां कार्यशैलीअपनाएको बताएका छन् । उनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनिअहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी कामगर्न निर्देशन दिए ।

ं बार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिवार बोल्दै मन्त्रीपुनले परिणाम आउने गरी कामनगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिए । उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मन्त्रालय मातहतका तीन सचिवले आज कार्यसम्पादन करार सम्झौता गरेका छन् ।

मन्त्रालयमा आज आयोजित समारोहमा मन्त्री पुनसँग ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलस्रोत सचिव डा सञ्जय शर्मा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव डा रमेशप्रसाद सिंहले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरे ।


क्लिकमान्डु