सवारी साधनसहित यी १२ वस्तुको आयात गर्दा भन्सारमै एमआरपी तोक्नुपर्ने



काठमाडौं । सवारीसाधन, टिभी, क्यामेरालगायतका १२ वस्तु आयात गर्दा भन्सार विन्दूमै अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्नुपर्ने भएको छ ।

भन्सार विभागले साउन १२ गते सूचना प्रकाशित गर्दै यी वस्तुको आयात गर्दा भन्सार विन्दूमै एमआरपी तोक्न भनेको हो ।

आर्थिक ऐन २०६८ को अनुसूची १ को दफा १९ को उपदफा १६ र २०६८/०७/२० गतेको अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार आयातकर्ताले भन्सार विन्दूमा एमआरपी तोक्ने पर्ने वस्तुहरुको सूची तयार पारेको थियो । विभागले अहिले आएर उक्त निर्णय कार्यान्वयन गर्न लागेको हो ।

विभागका अनुसार सबै प्रकारका टेलिभिजनहरु, घरसायी एयर कन्डिशनर, घरयासी रेफ्रि जेनेरेटर, घरयासी वासिङमेशिन, माइक्रोवेभ, सबै प्रकारका इनर्जी ड्रिङ्स, मार्वल, ग्रेनाइट र टायल्सहरु, कुकिङ रेञ्ज, भान्सामा प्रयोग हुने चिम्नी, डिजिटल क्यामेराहरु, भिडियो क्यामेराहरु र सवारी साधनहरुको आयात गर्दा जुन भन्सारबाट आयात गरिएको हो त्यही भन्सार विन्दूमै अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्नुपर्नेछ ।


पुष्प दुलाल