राष्ट्र बैंकका ९ कार्यकारी निर्देशकको सरुवा, शक्तिशाली विभागमा ढकाल र क्षेत्री



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९  कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापनले आइतबारदेखि लागु हुने गरेर कार्यकारी निर्देशकको सरुवा गरेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

राष्ट्र बैंकभित्र शक्तिशाली र आकर्षक मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा देवकुमार ढकाल आएका छन् ।

ढकाल यसअघि भुक्तानी विभागमा कार्यकारी निर्देशक थिए । नियमन विभागमा प्रमुख रहेका बमबहादुर मिश्र भुक्तानी विभागमा पुगेका छन् । उनी कामू कार्यकारी निर्देशक हुन् ।

राष्ट्र बैैंकको अर्को शक्तिशाली विभाग हो वाणिज्य बैंक सुपरिवेक्षण विभाग । यो विभागमा रहेका महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा पुगेका छन् । वाणिज्य बैंक सुपरिवेक्षण विभागमा मुकुन्द क्षेत्री आएका छन् । संस्थागत विभागमा प्रमुख थिए ।

यस्तै विकास बैंक सुपरिवेक्षण विभागका भुवन कँडेल आन्तरिक लेखा परिक्षण विभागमा पुगेका छन् ।

विकास बैंक सुपरिवेक्षण विभागमा ऋषिकेश भट्ट आएका छन् । भट्ट यसअघि वित्त व्यवस्थापन विभागमा थिए ।

राष्ट्र ऋण व्यवस्थापनमा निलम तिमिल्सिना आएकी छन् । तिमिल्सिना यसअघि आन्तरिक लेखा परिक्षण विभागमा थिइन् ।

यसअघि राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेका सुमन अधिकारी सामान्य सेवा विभागमा पुगेका छन् ।

यसैगरी, संस्थागत विभागमा रहेका प्रदिपराज पौडेल वित्त व्यवस्थापन विभागमा पुगेका छन् ।


पुष्प दुलाल