कुन कम्पनीमा बीमा गर्दा कति बोनस पाइन्छ ? (सूचिसहित)



काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी मध्ये १३ वटा बीमा कम्पनीको बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले सार्वजानिक गरेको बोनस दरका आधारमा तपाईंले बीमा गर्दा कम्पनी छान्न सक्नुहुने छ ।

बीमा गर्नुको पहिलो उद्देश्य जोखिमको न्यूनिकरण हो भने दोस्रो त्यसबाट आउने रिटर्न वा बोनस दर हो ।

१३ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ का लागि बोनस दर सार्वजनिक गरेका हुन् । बोनस दर सार्वजनिक गर्ने बीमा कम्पनीहरुमा नेपाल लाइफ, सूर्या, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट, प्रभु, सन नेपाल, आइएमई लाइफ, ज्योति लाइफ, रिलायन्स, सानिमा, सिटिजन्स, गुँरास र नेशनल लाइफ इन्स्योरेन्स कमपनी रहेका छन् ।

बोनस दर सार्वजनिक गरेका कम्पनीमध्ये केहीले अधिकांशले बीमितहरुलाई प्रतिहजार ८७ रुपैयाँसम्म बोनस दर दिने भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफले बीमा अवधि अनुसार न्यूनतम ६५ रुपैयाँ देखि अधिकत्तम ८२ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

नेपाल लाइफले २१ देखि २५ वर्ष सम्म बीमा योजनाका लागि ७२ रुपैयाँ र बीमा अवधि २५ बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि ८२ रुपैयाँ बोनस दिने जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम प्रति हजारमा ३८ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दिने भएको छ ।
सूर्याले २५ देखि २९ वर्षलाई ६३ रुपैयाँ र ३० वर्ष वा सो भन्दा माथि भएका बीमा योजनामा ७३ रुपैयाँ बोनस दिने जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले बीमा अवधि अनुसार न्यूनतम प्रति हजारमा ६६ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोसन दिने जनाएको छ । २५ वर्ष वा सो भन्दा माथि भएका बीमा योजनामा ८० रुपैयाँ बोनस दिने जनाएको छ ।

मेट लाइफ

मेट लाइफ इन्स्योरेन्सले पनि बीमा अवधि अनुसार बोेनस दर सार्वजनिक गरेको छ । जसमा बीमितलाई प्रति हजारमा ५० देखि ८५ रुपैयाँसम बोनस पाउने छन् । मेट लाइफले २१ वर्ष वा सो भन्दा माथि भएका बीमा योजनामा ८५ रुपैयाँसम्म बोनस दिने जनाएको छ । बढी बोनस दिने बीमा कम्पनीमा दोस्रो स्थानमा मेट लाइफ रहेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३० देखि अधिकत्तम ७० रुपैयाँ बोनस दिने छ । २५ बर्ष वा सो भन्दा माथि बीमा अवधि भएका बीमा योजनाको लागि ७० रुपैयाँ बोनस दिने छ ।

सन नेपाल लाइफ

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० देखि अधिकतम ७० रुपैयाँ बोनस दिने जनाएको छ । इन्स्योरेन्सले २५ वर्ष वा सो भन्दा माथि बीमा अवधि भएमा बीमा योजनाको लागि ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्युनतम २५ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । आइएमईले २५ वर्ष वा सो भन्दा माथिको बीमा अवधि भएका बीमा योजनाको लागि ७० रुपैयाँ बोनस दिन बीमा समितिबाट अनुमति पाइसकेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्युनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । ज्योतीले २५ वर्ष वा सो भन्दा माथिको बीमा अवधि भएका बीमा योजनामा लागि ७० रुपैयाँ बोनस दिने जनाएको छ । २० देखि २४ वर्ष अवधि भएका बीमा योजनामा ५५ रुपैयाँ बोनस दिन बीमा समितिबाट अनुमति लिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्यूनतम ३५ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो । यसको लागि नियामक निकाय बीमा समितिबाट पनि अनुमति लिइसकेको छ ।

रिलायन्सले २५ वर्ष वा सो भन्दा माथिको बीमा योजनामा ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्यूनतम ३५ देखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले २५ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ४० रुपैयाँसम्म बोनस दिन बीमा समितिबाट अनुमति पाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई नयाँ बोनस दिन बीमा समितिबाट स्वीकृति लिएको छ । सिटिजनले प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने जनाएको छ । सिटिजनले ३० वा सो भन्दा माथिको बीमा योजनालाई ७० रुपैयाँसम्म बोनस दिने जनाएको छ ।

गुराँस लाइफ इन्स्योरेक्स

गुराँस लाइफ इन्स्योरेक्स कम्पनीले बीमितहरुलाई दिने बोनस दर सार्वजनिक गरेको छ । गुराँसले प्रतिहजार न्यूनतम ५१ देखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दिने जनाएको छ । बोनस दर सार्वजनिक गरेका १३ वटा बीमा कम्पनी मध्ये सबै भन्दा बढी बोनस दिनेमा गुँरास नै रहेको छ । गुराँसले २५ वर्ष वा सो भन्दा माथिको बीमा योजनालाई ८७ रुपैयाँसम्म बोनस दिने जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेक्स कम्पनीले बीमितहरुलाई दिने बोनस दर सार्वजनिक गरेको छ । नेशनलले प्रतिहजार न्यूनतम ६३ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने जनाएको छ । बोनस दर सार्वजनिक गरेका १३ वटा बीमा कम्पनी यो पनि धेरै बोनस दिनेमध्येमा नै रहेको छ ।

नेशनलले २६ वर्ष वा सो भन्दा माथिको बीमा योजनालाई ८२ रुपैयाँसम्म बोनस दिने जनाएको छ । अरु कम्पनीहरुको पनि बोनस दर आउने क्रममा रहेको बीमा समितिले जनाएको छ ।


पुष्प दुलाल