अपडेटः गतवर्ष ८ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व उठ्यो



काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थमन्त्री खतिवडा राजस्वको संशोधित लक्ष्य पुरा गर्न असफल

अर्थमन्त्रालयका अनुसार गतवर्ष संशोधित लक्ष्यभन्दा २१ अर्ब रुपैयाँ अपुग हो ।
मंगलबार राती १० बजेसम्म ८ खर्ब ३५ अर्ब राजस्व संकलन भएको थियो । त्यसपछि ३ अर्ब संकलन भएको अर्थमन्त्रालयले जनाएको छ ।

राजस्व संकलनको लक्ष्यको ९७.५५ प्रतिशत मात्र हासिल भएको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा राजस्व संकलन १५.५६ प्रतिशतले बढेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले गतवर्षको बजेटमा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेका थिए ।

महालेखा नियन्त्रक कार्यालयको सिस्टम बिग्रेको भन्दै अहिलेसम्मपनि राजस्वको यथार्थ विवरण औपचारिक रुपमा वेवसाइट मार्फत सार्वजनिक गरिएको छैन ।
सरकारको आम्दानी र खर्चमा एकल खाता प्रणाली लागु भएको र त्यसलाई महालेखा नियन्त्रक कार्यालयको वेवसाइटमा दैनिक खर्च र राजस्व संकलनको विवरण सार्वजनिक गर्ने गरिन्थ्यो ।


क्लिकमान्डु