मुस्ताङ हेलिप्टरले पायो एनओसी, ४ वटा हेलिकप्टर ल्याउने



काठमाडौं । मुस्ताङ हेलिकप्टर कम्पनीले हेलिकप्टर ल्याउनका लागि अनुमति पाएको छ ।

नागरिक उड्डयन प्राधिकरणबाट हेलिकप्टर ल्याउनका लागि गत सोमबार अनुमति पाएको कम्पनीका अध्यक्ष रोनन लामिछानेले जानकारी दिए ।

उनले भने, ‘सोमबार प्राधिकरणबाट हेलिकप्टर ल्याउनका लागि अनुमति पाएका र्छौं, अब हेलिकप्टर ल्याउँछौं ।’

मुस्ताङ हेलिकप्टरलाई एनओसी दिने निर्णय गत सालको बैशाख महिनामै मन्त्रिपरिषदको निर्णयबाट निर्णय गरिएको थियो ।

लामिछानेका अनुसार कम्पनीले ४ वटा हेलिकप्टर ल्याउनेछ ।

उनले भने, ‘अमेरिका र यूरोपबाट अक्टोबर महिनासम्ममा हेलिकप्टर ल्याइनेछ ।’ मुस्ताङले २ थान एचवान २५ ३५० बी सिरिजका युरोकप्टर र २ थान रोविन्स आर६६ हेलिकप्टर ल्याउनेछ ।

उनले पहिलो चरणमा २ वटा हेलिकप्टर ल्याइनेछ । हाल नेपालमा १० हेलिकप्टर कम्पनीहरु सञ्चालनमा छन् भने मुस्ताङसँगै ११ वटा पुग्नेछ ।

प्रतिष्पर्धाको बजारमा मुस्ताङको सेवासँगै भाडा दरमा एकरुपता आउने लामिछानेले विश्वास व्यक्त गरे ।


क्लिकमान्डु