सरकारले जलविद्युत आयोजनाको रोयल्टीबाट उठायो साढे २ अर्ब



काठमाडौं । सरकारले जलविद्युत आयोजनाबाट साढे २ अर्ब रोयल्टी संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ७५ जलविद्युत आयोजनाबाट २ अर्ब ५१ करोड ७३ लाख ३० हजार ५८९ रुपैयाँ रोयल्टी संकलन गरेको हो ।

सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट उक्त परिमाणको रोयल्टी संकलन गरेको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ को आधारमा उक्त रोयल्टी साविकको जिल्ला विकास समितिमार्फत वितरण गरिन्छ ।

जलविद्युत आयोजना भएका जिल्लामा उक्त रोयल्टी वितरण गरिने कानूनी प्रावधान छ ।

सरकारले आव २०६६/७७ मा ४९ करोड, २०६७/७८ मा २९ करोड ४० लाख, २०६८/६९ मा ३९ करोड, २०६९/७० मा ३१ करोड ९४ लाख, २०७०/७१ मा ५० करोड, २०७१/७२ १ अर्ब ४० करोड वितरणका लागि निकासा गरेको थियो ।

त्यस्तै, २०७२/७३ मा ५२ करोड ८३ लाख, २०७३/७४ मा ५९ करोड ५१ लाख, २०७४/७५ मा ६४ करोड ५९ लाख वितरणका लागि निकासा गरेको विद्युत विकास विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु