प्रभु लाइफ इन्स्योरेन्समा ७ वटै प्रदेशका लागि जागिर खुल्यो



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सात वटै प्रदेशका लागि कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।

कम्पनीले आज प्रकाशन गरेको सूचना अनुसार सातै प्रदेशका विभिन्न ठाउँमा कर्मचारी माग गरेको छ । सेल्स एण्ड मार्केटिङ क्षेत्रका लागि ब्रान्च म्यानेजर, सब–ब्रान्च इन्चार्ज, बैंकासुरेन्स पदमा कर्मचारी मागेको छ । त्यसै गरी ब्याक अफिसका लागि अपरेशन इन्चार्ज पदमा पनि कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ ।

भर्ना हुने कर्मचारीको तह जुनियर असिस्टेन्ट देखि सिनियर अफिसरसम्म रहने छ ।

आबेदन दिन इच्छुक आबेदकहरुको न्युनतम योग्यता व्यवस्थापनमा स्नातक तह र कम्तीमा द्धितीय श्रेणी हुनुपर्नेछ । त्यसै गरी अनुभवको सन्दर्भमा पनि कम्तीमा दुई वर्ष काम गरेको अनुभब हुनुपर्नेछ ।

अन्य विस्तृत विवरण तलको विज्ञापनमा हेर्न सक्नुहुन्छ ।


क्लिकमान्डु