कृषि विकास बैंकले खुलातर्फ ३८४ जनालाई जागिर खुलायो, बढुवाका लागि फारम खुलायो



काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ३८४ जनालाई जागिर खुलाएको छ । बैंकले अधिकृत र सहायक स्तरका विभिन्न ९ पदमा विज्ञापन आव्हान गरेको हो ।

बैंकले वरिष्ठ शाखा प्रमुखमा ९ तहका अधिकृतमा ८ जना, वरिष्ठ लेखा अधिकृत ७ तहको अधिकृत पदका लागि २२ जना र वरिष्ठ अधिकृत ७ तहको इञ्जिनियरिङका लागि २० जना कर्मचारी माग गरेको हो ।

बैंकले ५ तह व्यवसाय सहायकतर्फ १०७, ५ तहकै एआईएस सहायकमा १३ जना माग गरेको छ ।

त्यस्तै, ४ तहका लागि ओभरसियर (सिभिल) मा ५ जना, लेखापाल विराटनगरका लागि ६७, लेखापाल भैरहवाका लागि १०० जना र लेखापाल सुर्खेतका लागि ४२ जना माग गरेको छ ।

दरखास्त दिने अन्तिम मिती साउन २० गतेसम्मलाई तोकिएको छ । फारम अनलाइनबाट भर्न सकिनेछ ।


क्लिकमान्डु