माथिल्लो तामाकोशीको निर्वाचन पुनः स्थगित (सूचनासहित)



काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर कम्पनीको निर्वाचन पुनः स्थगित भएको छ ।

असार ३१ गते साधारणसभा हुने भएपनि संचालक समितिको लागि हुने निर्वाचन भने स्थगित भएको छ ।

कम्पनीले चारजना संचालक चयन गर्ने निर्वाचन कार्यतालिका थियो । यसअघि असार ११ गते हुने साधारणसभामा १३ जना सेयरधनीले संचालकमा उम्मेद्वारी दिएका थिए । जसमा गोसाई केसीको उम्मेद्वारी रद्द भएको थियो ।

असार ११ गते गणपुरक संख्या नपुगेको भन्दै साधारणसभा स्थगित भएको थियो । केसीले उच्च अदालत पाटनमा कम्पनीले महिला संचालकलाई कोटा नछुटएर निर्वाचन गर्न लागेको भन्दै मुद्दा दर्ता गराएका थिइन् ।

एक जना महिला संचालक चयन गर्ने गरेर साधारणसभा गर्न अन्तरिम आदेश दिएको छ । कम्पनीले यसअघि महिला संचालकको लागि कोटा छुट्याएको थिएन । अब महिला संचाकललाई समेत कोटा छुट्याएर निर्वाचन गर्ने जनाएको छ ।


क्लिकमान्डु