१३ संस्थाले राष्ट्र बैंकबाट मर्जर तथा एक्वायरको अनुमति पाए
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत साता मात्रै १३ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरको अनुमति दिएको छ । एक वाणिज्य बैंक र ३ विकास बैंकका साथै ९ लघुवित्त संस्थालाई राष्ट्र बैंकले मर्जरको अनुमति दिएको हो ।
राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि भोलि (सोमबार) देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोबार गर्दैछ ।
त्यस्तै, प्राइम बैंकले कन्काइ विकास बैंक गाभ्नका लागि राष्ट्र बैंकबाट सैद्दान्तिक सहमति पाएको छ ।
त्यसैगरी, साधना लघुवित्तले आर्थिक सम्मृद्धि लघुवित्तलाई एक्वायर गर्नका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।
त्यस्तै, सारथी लघुवित्त र सत्यवती लघुवित्तले मर्जरका लागि सैद्दान्तिक सहमति पाएका छन् ।
त्यसैगरी, कालिका माइक्रोफाइनान्स र जनसेवी लघुवित्त, मिर्मिरे लघुवित्त, नागवेली लघुवित्त र किसान माइक्रोफाइनान्सले मर्जरका लागि सैद्दान्तिक सहमति पाएका छन् ।
राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाका अनुसा यी संस्थाहरुलाई गत साता मर्जर तथा एक्वायरको अनुमति दिइएको हो ।