साउन ६ गतदेखि माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्र, १०.२५ प्रतिशत ब्याज



काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले ऋणपत्र निष्कासन गर्ने ३० लाख इकाई ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि र १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ । यो ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ ।

साउन ६ गतेदेखि ९ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउने छन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नबिकेमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ ।

बैंकको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म आवेदन दिन पाइने बैंकले जनाएको छ ।

यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिने बैंकले जनाएको छ । इक्रा नेपालले ऋणपत्रलाई ‘एलए माइनस रेटिङ’ दिएको छ । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।


पुष्प दुलाल