राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज (आसार २९) गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै बचत खातामा न्यूनतम ४ र अधिकतम ६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकले आइतबार नै कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५.३८ प्रतिशत रहेको छ ।

बैंकले दिने कर्जामा न्यूनतम ६.०५ प्रतिशत देखि ११.०५ प्रतिशतसम्म ब्याजदर रहेको छ । बैंकबाट धितो कर्जा लिँदा १०.३८ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै सून कर्जा लिँदा ११.०५ प्रतिशत लाग्ने छ भने घर कर्जा लिँदा पनि ११.०५ प्रतिशत ब्याज तिर्नुपर्दछ । गाडी कर्जा लिँदा ९.३८, सेयर धितोमा जाने कर्जा ११.०५, शैक्षिक कर्जा ९.३८ प्रतिशत ब्याज लाग्

ने छ ।


पुष्प दुलाल